हुम्लाको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु
 हुम्लाको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु
    • Bell Sanchar

    • ३० श्रावण २०८०, मंगलवार

सिमकोट,

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए ।

उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मङ्गलबार मृत भेटिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित