मृतक रावतका आफन्तले कर्णाली राजमार्गको सड्क बन्द गरेको २४ घण्टा पछि खुल्यो
मृतक रावतका आफन्तले कर्णाली राजमार्गको सड्क बन्द गरेको २४ घण्टा पछि खुल्यो
    • उमेश बुढा

    • ३१ श्रावण २०८०, बुधबार

जुम्ला ।

कर्णाली राजमार्गको नाग्म गमगढी सड्क खड्को कनकासुन्दरी २ स्थित मालिकावोतामा कर्ण बहादुर रावतको मृत्युु पश्चात् आफन्तले २४ घण्टा सम्म सड्क अवरुद्ध गरी यातायात ठप्प पारेको थिए । साउन ३० गते मङ्गबार बेलुका ५ बजे बन्द गरेको सड्क साउन ३१ गते बुधबार बेलुका ५ बजे सड्क खोलेका छन् ।

यहि मिति २०८० साल साउन १४ गते कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ मालिकावोता देउतीमाडु भन्ने स्थानमा राष्ट्रिय विद्युत प्रसारण लाइन तान्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ४१ का स्वर्गीय कर्ण बहादुर रावत लगायत अन्य कामदारहरु पोलमा चढी विद्युत लाइन तान्ने र विस्तार गर्ने क्रममा पोल ढलेर सिकिस्त घाइते भएका थिए ।

ना ५ ख १८८४ नम्बरको मालवायक ट्रकले सड्कमा फिजिएको लाइन नहेरी जवरजस्ती गाडी हाँकी विद्युत पोल ढलाई मृतक रावत घाइते भई उपचारार्थ भारतको लखनउ पुर्‍याईको अवस्थामा मृत्यु भएको थियो ।

बालबच्चाको शिक्षा , स्वास्थ्यका लागि आर्थिक सहयोगका लागि सम्बन्धित ट्रक धनी , ट्रक व्यावसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण खन्तरगत दावासिह जे । भी । धनगढी कैलाली बिच पिडित पक्षको छलफल गर्दा पिडित पक्षको माग पुरा नभएर सड्क बन्द गर्न पुगेको पिडित पक्षले बताउनु भयो ।

कनकासुन्दरीको मालिकावोतामा बुधबार दिउँसो ३ बजेको बैठले पिडित पक्षको माग पुरा गरेको छ । उक छलफलमा कनकासुन्दरी गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष , पुर्व पालिका अध्यक्ष नरविर रावत र पुर्व वडा नम्बर ४ का वडा अध्यक्ष रविलाल आचार्य , पिडित पक्ष र विद्युत प्राधिकर् जुम्ला अध्यक्ष नरेन्द्र रावल बिच छलफल भएको थियो ।

छलफलमा पिडितलाई ९ लाख रुपैयाँ विद्युत प्राधिकरण र ९ लाख रुपैयाँ सम्बन्धि ट्रक धनी वा ट्रक व्यावसायिकले औषधीको खर्च तिर्ने गरेर लिखित सम्झौता भएको सोही वडा अध्यक्ष खाम्मा रावतले बताउनु भयो ।उनले भने दुबै पक्षबाट क्षतिपूर्तिको लागि पाँच पाँच लाख दिने पनि सम्झौता भएको छ , रावतले बताए ।

२४ घण्टा यातायात बन्द भए पछि राराताल हेर्न जाने पर्यटक मर्कामा परेका थिए । आज बेलुका ५ बजेबाट सड्क खुलाएर गाडी गन्तव्य स्थलमा आवतजावत गरेका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित