अहम मान्छे
अहम मान्छे
    • मयलाल धिताल

    • ९ भाद्र २०८०, शनिबार

अहम मान्छे

माटो मुनि गल्ने मानिस बिज्ञताकाे दुहाई दिन्छ
सायदै उ मर्दैन होला,
माटोको लडाइमा थाकेन उ
अरुको भलाईमा लागेन उ
उ आगाे हो राप हो ताप हो चाप हो
उसलाई समुदायको आवश्यकता छैन
किनकि उ अहम मान्छे हो ।
आफुले आफैलाई परिवर्तनको सम्बाहक भन्छ
नेता भन्छ,
बुद्धिजीवी भन्छ,
सामाजिक अगुवा भन्छ,
कर्मचारी भन्छ,
पत्रकार पनि भन्छ,
किनकि उ अहम मान्छे हो
अरुको अस्तित्व उ आफै निधारण गर्छ
अग्ला भाषण दिन्छ,
मिठो आसपासन दिन्छ,
कमिसनका पाेका लिन्छ
भ्रष्ट आचरणकाे बिराेध गर्छ
भ्रष्टाचारमा उनै लिप्त भएको गुनासो छ
तथापि उसलाई केही प्रभाव छैन
किनकि उ अहम् मान्छे हो ।

साताकाे चर्चित
सम्बन्धित