एभरेष्ट बैंक र ओम अस्पतालबीच छुट सम्झौता
एभरेष्ट बैंक र ओम अस्पतालबीच छुट सम्झौता
    • Bell Sanchar

    • २७ भाद्र २०८०, बुधबार

काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

​बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकहरूले ओम अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तीनका पारिवारिक सदस्यहरूले आईपीडी–डाइगोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस्तै, दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौता हस्ताक्षर समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइमा रहेको एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् ।

बैंकले देशैभरिका १२७ शाखा, ३ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

साथै नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित