नेपालमा विशेषज्ञ पत्रकारिताको लागि विधागत अभ्यास   
नेपालमा विशेषज्ञ पत्रकारिताको लागि विधागत अभ्यास   
    • Bell Sanchar

    • ८ आश्विन २०८०, सोमबार

काठमाडौँ

मान्छेको रुचि र छनोटमा एकरुपता छैन, हुँदैन । विकासको आरम्भिक युगदेखि अहिलेको सूचना प्रविधिको युगसम्ममा विविधता झन बढ्दो छ । बढ्दो विविधताका क्षेत्रमा जीवनका अन्य क्षेत्रमा जस्तै सूचना प्रवाहका क्षेत्रमा पनि रुचि परिवर्तन भएका छन् । सूचना प्रवाहका माध्यम त फेरिएका छन् नै, तिनमा परिष्कार र सूचनाको विशिष्टता पनि तिखारिँदो छ ।

फेरिँदो र थपिँदो रुचिको क्षेत्रका लागि पत्रकारिताको सेवा पनि तिखारिँदो छ, माझिँदो छ । विस्तारित आयतन र लम्बाइका हरेक विन्दुमा नवीन सूचना र जानकारीका नवीन आयाम भेटिँदा छन् । सूचनाको विस्तारलाई समेट्नका लागि पत्रकारिता क्षेत्र पनि विस्तारित हुन अग्रसर छ, हरेक विन्दुका खबर खुट्याउँदै गहिराइमा पुगेर समाचार टिप्न समाचारकर्मीहरू तयार छन् र सूचनाको छनोट गर्दै परिस्कृतलाई उपभोग गर्ने वा अन्यलाई तिरस्कार गर्ने अधिकारका साथ पारखीहरू सर्वत्र तैनाथ छन् ।

छापा, रेडियो, टेलिभिजन हुन् वा इन्टरमाध्यम नै किन नहोउन्, सबैका लागि सूचनाका उपभोक्ताको रुचि प्राथमिक पक्ष हो । यस लेखमा मानवीय रुचिलाई प्राविधिक विकासले परिस्कार र विस्तार गर्दै जाँदा पत्रकारितामा पनि विशिष्टीकृत विधाहरूको विकास भइरहेको सन्दर्भ र त्यसको लाभको चर्चा गरिन्छ ।

इतिहासलाई नियाल्दा सूचना प्रापकका रुचिका जगमै सूचना प्रदायकहरू टिकेका देखिन्छन् । अहिलेसम्मको खोज–अनुसन्धानका आधारमा पत्रकारीय पहिलो उत्पादन प्राचीन रोमको इशा पूर्व ५९ को एक्टा डिउर्ना पाठकको रुचिको विषय थियो । चीनमा ताङ्वंशीय शासन (सन् ६१८–९०७) मा शुरु भई चिङ्वंशीय शासनको अन्त्यताका (सन् १९१२) सम्म सरकारी अधिकारीहरूलाई बाँडिने केङ्ग–पौ वा केङ्ग–त्चाउ अर्थात पेकिङ् गजेट नामको सरकारी बुलेटिनका हकमा पनि यही कुरा लागू हुन्छ । सूचना प्रदायक र प्रापकका रुचिको रुचि नमिल्ने हो भने कुनै पनि माध्यम टिक्न सम्भव हुन्न ।

पाठकको रुचि नै नहुँदो हो त सन् १६०९ तिर युरोपेली राष्ट्रहरू बेल्जियम र जर्मनीतिर नियमित पत्रपत्रिका देखापर्ने थिएनन् । सन् १६२२ मा दुनियाकै पहिलो अंग्रेजी अखबार विक्ली न्यूज र सन् १७०२ मा पहिलो दैनिक पत्रिका दि डेली कुराण्ट पनि पाठकको रुचि बिना अस्तित्वमै आउने थिएनन् ।

मान्छेको अनन्त जिज्ञासाले प्रविधिको विकास गराएको हो भने त्यसमै टेकेर पत्रकारिताको बिस्तार पनि हुँदै गएको हो । त्यही प्रक्रियाबाट सन् १९०९ मा अमेरिकी इन्जिनीयर चाल्र्स हेर्रोडलाई अमेरिकाको क्यालिफोर्नियामा संसारकै पहिलो रेडियो स्टेशन केक्यूडब्ल्यू खेल्ने अग्रसरता पलाएको हो । त्यो अग्रसरतामा पत्रकारिताको स्वाद थपिँदै गएकोले नै उनलाई आफ्नो इन्जिनीयरिङ् कलेजबाट सञ्चालित संसारकै पहिलो त्यो रेडियो स्टेशनबाट फुटकर समाचार प्रसारण गर्ने कुतकुती लागेको हो ।

त्यति मात्र होइन, पत्रकारीय सामग्रीप्रतिको मोहकै नतिजास्वरुप कोलम्बिया ब्रोडकाष्टिङ् सिष्टम (सीबीएस इन्कर्पोरेटेड) ले किनेर केसीबीएस भएको २८ वर्षपछि सो संस्थाको पहिचान नै परिवर्तन पनि समाचारीय सामग्रीप्रतिको मोहकै नतिजा हो । अर्थात्, त्यतिन्जेलका सम्पूर्ण सांगीतिक कार्यक्रमहरू बन्द गरेर सन् १९६८ पछि हालसम्म सो रेडियोलाई समाचार–रेडियो बनाउने निर्णय त्यसका सञ्चालकहरूको समाचार–मोहकै नतिजा हो ।

प्रविधिहरूको विकाससँगै माध्यमहरू थपिँदा समाचारीय सामग्रीको रूप फेरिँदो छ, तर सार उही छ । त्यस्तो सामग्रीको सान्दर्भिकता मासिँदो छैन, प्रस्तुतिको पारा मात्र फेरिँदो छ । टेलिभिजन प्रविधिले यान्त्रिक प्रविधिको क्रम भंग गरेर विद्युतीय विकास–यात्रा तय गर्नुका पछाडि पनि जिज्ञासु मानव मस्तिष्कको सृजनशीलताले काम गरेकै हो । त्यस्तो आविष्कारलाई स्वीकार र अंगीकार गर्ने प्रविधि–प्रेमी मानव–चाहना नुहँदो हो त वैज्ञानिक आविष्कार फगत कागजको फूल हुने थियो ।

मानवीय चाहनालाई च्याप्प समात्न सक्ने मगजले नै सन् १९२८ मा पहिलो टेलिभिजन स्टेशनको रुपमा अमेरिकामा डब्ल्यू३एक्सकेको स्थापना गरेको हो । नयाँ–नयाँ प्राविधिक विकासको फड्को मार्दै यो माध्यम समाचारीय दृष्टिले प्रभावकारी हुने ठम्याइले नै सन् १९४७ मा संसारमै पहिलोपल्ट टेलिभिजनको पर्दामा समाचार प्रसारण सम्भव भएको हो । र, द वाल्टर कम्प्टन न्यूजमार्फत इतिहास रच्न अमेरिकाको डुमोँ टेलिभिजन नेटवर्क त्यो इतिहास रच्न सफल भएको हो ।

सन् १९९९ मा भारतीय जनसञ्चार संस्थान (आईआईएमसी) का तत्कालीन अध्यक्ष बलवीर के. पुञ्जले पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता सबै माध्यमले “एकार्काको सहअस्तित्वलाई सहर्ष स्वीकारिरहेको” महसूस गरेका थिए । चन्द्रकान्त पी. सिंहको टेलिभिजन पत्रकारितासम्बन्धी हातेपुस्तक ‘बिफोर दि हेडलाइन्स्’को प्राक्कथनमा उनले त्यस्तो मूल्यांकन गरेको अहिले २५ वर्ष भएको छ । यस कालखण्डमा के छापा, के रेडियो र के टेलिभिजन सबै माध्यमको अस्तित्वलाई इन्टरनेटले आफूमा समाहित गरिसकेको छ । यो नयाँ माध्यममा नबेरिने कुनै पनि माध्यमको अस्तित्वको कल्पना गर्नु पनि असान्दर्भिक भइसकेको छ ।

सन् १९७० को दशकमा इन्टरनेटको जन्म भएपछि अरु क्षेत्रमा जस्तै पत्रकारितामा पनि सर्वाधिक परिवर्तन देखियो, प्राविधिक विकासको नयाँ राजमार्ग तयार भयो । त्यही राजमार्गमा खडा भएर सन् १९७४ मा दुनियाँको पहिलो अनलाइन अखबारका रुपमा (प्लाटो) न्यूज रिपोर्ट देखा प¥यो ।

त्यसपछि पत्रकारिताको दुनियाँ विभिन्न कोणबाट पुनर्परिभाषित हुँदै छ । सन् १९८० को मध्यतिर कोलम्बस डिस्प्याच अनलाइनमा जाने पहिलो पत्रिका बनेयता सबै माध्यमहरू एकपछि अर्को गर्दै यही इण्टरनेट माध्यममा शरणागत भएका छन् । यही उपायबाट मात्र अस्तित्व जीवित रहने र विकासको यात्रामा अघि बढ्न सक्ने ठहरसहित

साताकाे चर्चित
सम्बन्धित