खाली पेटमा स्याउ खानुका फाइदा यस्ता छन्
खाली पेटमा स्याउ खानुका फाइदा यस्ता छन्
    • Bell Sanchar

    • १२ आश्विन २०८०, शुक्रबार

काठमाडौं

हामीले जहिल्यै खाइराख्ने स्याउको बारेमा स्याउमा फाइबर, क्याल्सियम र भिटामिन ‘सी’ भरपूर मात्रामा पाइन्छ। यसमा पोटासियम पनि हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ। उच्च रक्तचापलाई नियन्त्रण गर्दा हृदयसम्बन्धी रोगहरूको खतरा कम हुन्छ। यसका लागि दैनिक खाली पेट स्याउको सेवन गर्नुपर्दछ।

यस्ता छन् स्याउका फाइदा

१.पत्थरीबाट बचाउँछ

स्याउ खानाले मृगौलामा हुने पत्थरीबाट बँच्न सकिन्छ। यदि तपाईलाई पत्थरी भईसकेको छ र तपाई प्रतिदिन स्याउ खानुहुन्छ भने तपाईलाई पत्थरीको कारण हुने दुखाई कम हुन्छ।

२. कब्जियतको समस्यामा कमी

यदि तपाईमा कब्जियत वा ग्यास्ट्रिकको समस्या छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ। स्याउमा पाईने फाइबरले पेटको कब्जलाई बिस्तारै बिस्तारै कम गर्दछ।

३. दाँतलाई स्वस्थ राख्छ

स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ। स्याउको सेवनले ब्याक्टेरिया र भाइरसलाई नष्ट पार्दछ भने स्याउ खाँदा तपाईको दाँत पायरिया रहित हुन्छ।

४. अल्जाइमरबाट बचाउँछ

स्याउको सेवनले मानिसको मस्तिष्कसँग जोडिएको खतरनाक रोग अल्जाइमर बाट बचाउँछ। प्रतिदिन स्याउको जूस पिउँदा अल्जाइमरको समस्याबाट जीवनभरि बँच्न सकिन्छ। स्याउले मस्तिष्कको कोशिकाको रक्षा पनि गर्दछ। जसले अल्जाइमर हुने खतरा एकदम कम हुन्छ।

५. दम रोगीका लागि राम्रो

स्याउ वा स्याउको जूसको सेवन गर्नु दम रोगीको लागि निकै फाइदाजनक हुन्छ। स्याउले दमको आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ।

स्याउमा पाइने फ्लेभोनोइड्स फोक्सोलाई शक्तिशाली बनाउदछ। जो मानिस प्रतिदिन स्याउको जूस पिउँछ, उसलाई फोक्सोसँग सम्बन्धित रोगहरू निकै कम हुन्छन्।

६. पाचन प्रणाली दुरुस्त राख्छ

स्याउमा पाईने अल्कालिनिटी कलेजोलाई शरीरको सोधनमा मद्दत गर्छ। साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ। जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ।

७. कोलेस्ट्रोल कम गर्दछ

बदलिँदो जीवनशैलीमा कोलेस्ट्रोल बढ्नुको समस्याका कारण कम उमेरका बच्चाहरु पनि मुटु रोगको शिकार बनिरहेका छन्। स्याउ खाँदा या स्याउको जूस पिउँदा बढ्दो कोलेस्ट्रोलको मात्रालाई रोक्न सकिन्छ।

८. सुन्दरता बढाउँछ

स्याउको सेवनले तपाईको अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ। जसको कारणले तपाई आकर्षक देखिन थाल्नुहुन्छ।

९. मधुमेहलाई नियन्त्रण गर्छ

स्याउको सेवनले शरीरमा टाइप २ मधूमेहको खतरालाई कम गर्दछ। यसमा पाईने तत्वले शरीरमा ग्लूकोजको कमीलाई पुरा गर्दछ।

१०. हड्डीलाई बलियो बनाउँछ

स्याउमा पाइने क्याल्शियमका कारण प्रतिदिन स्याउको सेवन गर्दा वा स्याउको जूस पिउँदा हड्डी बलियो हुन्छ।

११. मोटोपन कम गर्छ

स्याउमा पाइने फाइबर मोटोपनलाई कम गर्नका लागि सहायक बन्न सक्दछ, जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम पर्दछ । साथै स्याउमा पाईने पौष्टिक तत्वले शरीरलाई ऊर्जा दिन्छ।

साताकाे चर्चित
सम्बन्धित