इटली जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट
इटली जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट
    • Bell Sanchar

    • ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

साविक विजेता इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ ।

समूह जीअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटलीले युरोकपमा स्थान पक्का गरेको हो ।

युक्रेनसँग समान १४ अंक जोडेको इटली समूह सी को समूह उपविजेता बन्दै छनोट हुँदा युक्रेनले अब अब प्लेअफको सहारा लिनुपर्छ ।

यसअघि घरेलु मैदानमा भएको खेलमा इटली २-१ ले विजयी भएकोले समान अंक भए पनि इटली हेड टु हेडमा अघि रहेको हो ।

विश्वकप २०१८ र २२ मा छनोट हुन असफल भएको इटलीले २०२१ मा युरोकपको उपाधि जितेको थियो ।

समूह सी बाट इंग्ल्याण्ड यसअघि नै समूह विजेता बन्दै युरोकपमा छनोट भइसकेको छ ।

अन्तिम खेलमा इंग्ल्याण्ड नर्थ मेसोडनेसियासँग १-१ को बराबरीमा रोकियो ।

इटलीसँगै चेक रिप्बलिक र स्लोभेनिया पनि युरोकपमा छनोट भएका छन् ।

चेकले समूह ई मा मोल्दोभोलाई ३-० ले पराजित गर्दै समूह उपविजेता बन्दै छनोट भएको हो ।

यस्तै समूह एचमा कजाखस्तानलाई २-१ ले पराजित गरेपछि स्लोभेनिया पनि समूह उपविजेता बन्दै छनोट भएको हो ।

साताकाे चर्चित
सम्बन्धित