अन्तिम ओभरमा ३ विकेट गुमाएको भारतले
अन्तिम ओभरमा ३ विकेट गुमाएको भारतले
    • Bell Sanchar

    • ८ मंसिर २०८०, शुक्रबार

काठमाडौं ।

भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टिम भारतले २ विकेटको रोमाञ्चक जित निकालेको छ।

बिहीबार राति विशाखापट्टनमा भएको खेलमा भारतले अन्तिम बल बाँकी छदा २०९ रनको लक्ष्य ८ विकेट गुमाएर पूरा गरेको  थियो।

अन्तिम ‌ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको थियो। पहिलो बलमा भारतका रिंकु सिंहले अस्ट्रेलियाका सिन एबोटलाई चौका हिर्काए। दोस्रो बलमा उनले एक रन लिए। तर तेस्रो बलमा अक्षर पटेल आउट भए। चौथो बलमा रवि बिन्नोइ पनि रन आउट हुन पुगेका थिए।

पाँचौ बलमा अर्शदिपसिंह पनि रनआउट हुँदा भारतलाई अन्तिम बलमा एक रन चाहियो। तर त्यसपछिको बल नोबल हुँदा भारतले जित निकाल्न सफल भयो। रिंकुले १४ बलमा नटआउट २२ रन जोडे।

त्यसअघि कप्तान सूर्यकुमार यादवले ४२ बलमा ८० रन जोडेका थिए। उनले ९ चौका  र ४ छक्का प्रहार गर्दा भारत जित नजिक पुगेको थियो। यस्तै इशान किसनले ३९ बलमा जोडेको ५८ रन पनि महत्वपूर्ण सावित भयो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३ विकेटको क्षतिमा २०८ रन जोड्यो। उसका लागि जोश इंग्लिसले ११० रन र स्टिभ स्मिथले ५२ रनको योगदान गरेका थिए। इंग्लिस र स्टिभबीच दोस्रो विकेटका लागि १३० रनको साझेदारी भएको थियो।

भारत र अस्ट्रेलियाबीच एकदिवसीय विश्वकप क्रिकेटको फाइनल भएको चार दिनपछि टी-२० सिरिज सुरु भएको हो। विश्वकपमा घरेलु टिम भारतमाथि जित निकालेर अस्ट्रेलिया छैटौं पटक च्याम्पियन बनेको थियो।

साताकाे चर्चित
सम्बन्धित