पहिलाे कृषि वैज्ञानिक सम्मेलनकाे आज दाेस्राे दिन, विज्ञ तथा विद्यार्थीहरुकाे सहभागिता
पहिलाे कृषि वैज्ञानिक सम्मेलनकाे आज दाेस्राे दिन, विज्ञ तथा विद्यार्थीहरुकाे सहभागिता
    • Bell Sanchar

    • ८ मंसिर २०८०, शुक्रबार

चितवन 

कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलन चितवनको भरतपुर रामपुरमा हिजाे ७ गतेवाट सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयका विद्यार्थीहरु, प्राध्यापकहरु तथा देश तथा विदेशका विज्ञहरुले गरेका अनुसन्धानबारे छलफल गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बिहीबारदेखि ‘पहिलो ग्राजुयट कन्फ्रेन्स’ सुरु भएकाे हाे ।

यस सम्मेलनकाे पहिलाे दिन राष्ट्रिय सभा सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री विमला पौडेल राईले उद्घाटन गर्नु भएकाे थियाे । राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा. रामकुमार फुयाँलले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताउनु भएकाे थियाे । साेही दिन  उद्घाटनसँगै समूहगत छलफल थालिएको थियाे ।

विश्व विद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश तथा बिदेशका वैज्ञानीकहरुकाे सहभागीता सम्मेलनमा आयोजक समितिका संयोजक डा. ऋषिराम कट्टेलले सम्मेलनमा तीन दिनसम्म हिजाे आज र भाेली गरि सयभन्दा बढी कार्यपत्रहरु पेस हुने कुरा बताउदै विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताउनु भयाे ।

सम्मेलनकाे दाेस्राे दिन विज्ञ तथा विद्यार्थीहरुकाे राम्राे उपस्थिति रहनुका साथै विभिन्न विज्ञहरुले प्राविधिक विषयगत प्रस्तुती र छलफल गर्नु भएकाे थियाे । भाेली सम्मेलनकाे अन्तिम दिन कात्तिक ९ गते प्राविधिक तथा विषयक छलफल साथै सम्मेलनकाे समापन गरिने संयाेजक कट्टेलले बताउनु भयाे ।

साताकाे चर्चित
सम्बन्धित