अर्जेन्टिनालाई पराजित गर्दै जर्मनी फिफा यू–१७ विश्वकपको फाइनलमा प्रवेश
अर्जेन्टिनालाई पराजित गर्दै जर्मनी फिफा यू–१७ विश्वकपको फाइनलमा प्रवेश
    • Bell Sanchar

    • १२ मंसिर २०८०, मंगलवार

काठमाडाैं ।

अर्जेन्टिनालाई पराजित गर्दै जर्मनी फिफा यू–१७ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटसम्म अर्जेन्टिना र जर्मनीबीचको खेल ३–३ बराबरीमा टुंगिएको थियो । तर पेनाल्टी सुटआउटमा जर्मनीले ४–२ ले बाजी मार्यो ।

पहिला दुई प्रहारलाई गोलमा परिणत गर्न नसकेपछि अर्जेन्टिना अभागी सावित हुन पुग्यो ।

यसअघि जर्मनी फाइनलतर्फ लम्किरहेका बेला अर्जेन्टिनाले ९० मिनेटपछि थपिएको ८ मिनेटको सातौं मिनेटमा बराबरी गोल गरेको हो । जर्मनी ३–२ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका लागि रुबेर्टोले बराबरी गोल गरेका हुन् ।

यसअघि पनि उनकै दुई गोलमा अर्जेन्टिनाले १ गोलले पछि परे पनि पछि २–१ गोलको अग्रता बनाएको थियो ।

जर्मनीका लागि ब्रुनेरले नवौं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाका लागि रुबेर्टोले ३६ औं र ४५ मिनेटपछिको थप चौथो मिनेटमा गोल गरे । तर जर्मनीका लागि ब्रुनेरले ५८ औं मिनेटमा २–२ को बराबरी गोल गरे ।

६९ औं मिनेटमा जर्मनीले खेलमा ३–१ गोलको अग्रता बनायो । तर अन्तिम मिनेटमा अर्जेन्टिनाले ३–३ को बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेल्यो ।

साताकाे चर्चित
सम्बन्धित