आगामी लोकसभामा ‘ह्याट्रिक’ गर्ने मोदीको दाबी
आगामी लोकसभामा ‘ह्याट्रिक’ गर्ने मोदीको दाबी
    • Bell Sanchar

    • १८ मंसिर २०८०, सोमबार

काठमाडाैं ।

करिब दुई दशकदेखि भारतको केन्द्रीय शासनमा रहेको भारतीय जनता पार्टी (भाजपा)ले प्रमुख तीन राज्यको विधानसभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेको छ । आइतबार आएको नतिजाअनुसार भाजपाले मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको हो । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कंग्रेस विजयी भएको छ ।

भारतमा आगामी वर्ष केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ । त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावलाई सेमिफाइनलका रूपमा हेरिएको छ । परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने विश्लेषण हुन थालेको छ ।

हिन्दी भाषी तीन राज्यमा प्रचण्ड बहुमतका साथ चुनाव जितेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ को लोकसभा चुनावमा पनि ‘ह्याट्रिक’ गर्ने दाबी गरेका छन् । ‘बीजेपीले कंग्रेसको पन्जाबाट खोसेर दुई राज्यमा विजय हासिल गरेको छ । मध्य प्रदेशमा दुई दशक गरेको शासनले निरन्तरता पाएको छ,’ जितपछि मोदीले भनेका छन्,’यो जितले सन् २०२४ को ह्याट्रिक सुनिश्चित गरेको छ ।

‘भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेर लगातार दोस्रो कार्यकाल मोदी प्रधानमन्त्री छन् । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन् ।

तीन राज्यमा चुनाव जितेसँगै अब भारतको ५८ प्रतशत इलाकामा भाजपा शासन हुने भएको छ । यसकै आधारमा आगामी लोकसभा चुनावमा पनि भाजपा नै दोहोरिने संकेत गरेको भारतीय सञ्चार माध्यमहरूले गरेका छन् ।

यी राज्यहरूमा लोकसभा सीटको राम्रो संख्या छ । मध्य प्रदेशमा २९ लोकसभा सिट, राजस्थानमा २५ सिट, छत्तीसगढमा ११ सिट, तेलंगानामा १७ सिट र मिजोरममा एउटा मात्र सिट छ । यी राज्यमा आउको नजिताले आगामी चुनावलाई प्रभाव पार्ने आकलन छ । तर, यी राज्यहरूको विधानसभा र लोकसभा चुनावको ढाँचालाई हेर्दा सधैं परिवर्तन भएका पनि छन् ।

मिजोरमको चुनावी नतिजा भने एक दिन पछि सारिएको छ। मिजोरम विधानसभा चुनावको नतिजा आज आउनेछ।
भारतीय सञ्चार माध्यमहरूको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित