बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरीमा रोकियो
बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरीमा रोकियो
    • Bell Sanchar

    • १ पुष २०८०, आईतवार

काठमाडौं ।

स्पानिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको छ । बार्सिलोनाले पहिले अग्रता लिएपनि जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

भ्यालेन्सियाको मैदानमा भएको खेलमा जाओ फेलिक्सले ५५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर ७०औं मिनेटमा ह्युगो गुइलामोनले भ्यालेन्सियाको लागि बराबरी गोल गरे ।

बराबरीपछि १७ खेलबाट ३५ अंक जोडेर बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । अर्को खेलमा एट्लेटिको मड्रिड एथ्लेटिक विल्वाओसँग २-० ले पराजित भएपछि बार्सिलोनालाई फाइदा पुगेको हो ।

बार्सिलोना शीर्ष स्थानको जिरोनाभन्दा ६ र दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंकले पछि छ । दुवैले एक खेल कम खेलेका छन् ।

एट्लेटिको मड्रिड १६ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ । विल्वाओ १७ खेलबाट ३२ अंकसहित पाँचौ स्थानमा छ ।

साताकाे चर्चित
सम्बन्धित