इटालियन सिरी ए मा लिग लिडर इन्टर मिलानले लाजियोलाई २-० ले पराजित
इटालियन सिरी ए मा लिग लिडर इन्टर मिलानले लाजियोलाई २-० ले पराजित
    • Bell Sanchar

    • २ पुष २०८०, सोमबार

काठमाडौं ।

इटालियन सिरी ए मा लिग लिडर इन्टर मिलानले लाजियोलाई २-० ले पराजित गरेको छ ।

यस जितपछि इन्टरले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

लाजियोको मैदानमा भएको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेजले ४०औं र मार्कुस थुरामले ६६औं मिनेटमा गोल गरे ।

लाजियोका एम लाजारी ८७औं मिनेटमा रातो कार्ड सामना गर्दै मैदान बाहिरिएका थिए ।

जितपछि इन्टरले १६ खेलबाट ४१ अंक जोडेर दोस्रो स्थानको युभेन्ट्समाथि ४ अंकको अग्रता बनाएको हो । समान खेलबा६ युभेन्ट्सको ३७ अंक छ ।

एसी मिलान १६ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ ।

साताकाे चर्चित
सम्बन्धित