मुगुका सिंह कामी जुम्लामा आरन पेशा गर्दै
मुगुका सिंह कामी जुम्लामा आरन पेशा गर्दै
    • उमेश बुढा

    • २२ पुष २०८०, आईतवार

 

 

 जुम्ला

मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ साडबाडा घर भएका सिंह कामी जुम्लाको कनकासुन्दरी ३ बुढू गाउँमा आरन काम गरेर जीवन गुजारा गर्दै आएका छन् ।

उनले पछिलो समयमा आरन कामबाट घर परिवारलाई यसै कामले घर खर्च समेत चलाएका छन् । विगत १० वर्षसम्म उनले भारतमा लेवरी काम गरेर कमाएको रुपैयाँले छोराछोरी पढाउन र घर खर्च चलाउनमा धौधौं भएको कामीको भनाइ छ ।

परापुर्खा देखि बाज्ये बाबाले आरन काम गरेर जीवन बिताएका थिए , अहिले महिले पनि परापर्खाहरुको सिपलाई जोगाउन र जीवनमा यस सिपबाट राम्रो पैसा कमाई भएकोले महिले आरन पेशा गर्न लागेको कामीले बताउनु भयो ।

आरन काम गर्ने ठाउँमा बुढु , माजबुढू , गोठेलवाडा , लुम , जोड्यालवाडा , ढ्याम लगायतका गाउँका कृषकहरु औजार ल्याएर आरनमा आउने गरेका छन् । कोदालो , आँसी , कोरौंसा , कुटो, भन्चरो , फालो लगायतका औजारहरु पुराना मर्मत र नयाँ निर्माण गर्दै आएको उनले भने , मलाई अन्य कमाई भन्दा यसबाट अहिले निकै कमाई भएको कामीले बताए ।

मुगुबाट घर छोडेर श्रीमती छोराछोरी र आफू जुम्लाको विकट दुर्गम बस्तीमा पुगेर आरन कार्य गरिरहेका छन् । यि युवाको आरन काम देखेर स्थानीय वासी निकै खुसी देखिन्छन् ।
प्राचिन कालमा कारन काम गर्ने मानिस गाउँमै आउथ्ये तर अहिले आरन काम गर्ने मानिस भेटिदैनन् । बुढापाकाहरुले थाकेर काम गर्न छोडि सकेका छन् भने युवा जतिले आरन काम गर्न रुचाउँदैनन् । तर यि मुगुका २८ वर्षीय सिंह कामीले मिहिनेत गरि आफ्नो सिप श्रम गरेर राम्रो कमाई गरेका छन् ।

यिनि यस बन्दा अगाडि सड्कमा काम गर्थ्ये , र भारतको विभिन्न ठाउँमा गएर लेवरी काम गर्दा गर्दै १० वर्ष विताएका थिए । यस्तो कामले घरपरिवारको खर्च चलाउन कठिन भए पछि आरन पेसा तर्फ लागेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित