दुबै शवको पहिचान चितवनमा बोराभित्र भेटिएका
दुबै शवको पहिचान चितवनमा बोराभित्र भेटिएका
    • Bell Sanchar

    • २३ पुष २०८०, सोमबार
चितवन
चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

तवनको भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर कल्भर्ट मुनि फालिएको पाइएको प्रहरीले जनाएको छ । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच नै सार्वजनिक गरेको थियो ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष टोली नै लामो समयदेखि भरतपुरमा बस्दै आएको छ । उनीहरुले भारतीय प्रहरीसँग समन्वय पनि गर्दै आएका छन् ।

शवको ३ हप्ता अघि नै पहिचान खुले पनि प्रहरीले हत्यारा पक्राउ नपरेका कारणले सार्वजनिक गरेको थिएन । अहिले हत्यारालाई भारतबाट नै पक्राउ गरिएको चितवन प्रहरीका एक अधिकृतले बताए । ती शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् ।

चितवन प्रहरीले यसबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित