दिए राजीनामा छानबिनमा परेका न्यायाधीश भट्टराईले
दिए राजीनामा छानबिनमा परेका न्यायाधीश भट्टराईले
    • Bell Sanchar

    • ७ माघ २०८०, आईतवार

काठमाडौं

जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् ।

न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

उहाँले गत शुक्रबार राजिनामा दिनुभएको हो, तर त्यसबारे केही निर्णय भएको छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘छिट्टै न्यायपरिषद समेत बस्दैछ, परिषदको बैठकपछि त्यसवारे निर्णय हुन्छ ।’

न्यायाधीश भट्टराईमाथि जनकपुर जिल्ला अदालतमा हुँदा हत्या आरोपितलाई छाडेको लगायतका आरोप सहित कार्यक्षमताको अभाव र खराब आचरणमा रहेको भनी उजुरी परेको थियो ।

उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा दिएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित