मुगुको सोरुमा भाइरल ज्वरोले तीनजनाको मृत्यु
मुगुको सोरुमा भाइरल ज्वरोले तीनजनाको मृत्यु
    • उमेश बुढा

    • ११ माघ २०८०, बिहीबार

 

जुम्ला

मुगु जिल्लाको सोरु गाउँपालिका ( ६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीनजनाको मृत्यु भएको छ ।

भाइरल ज्वरो सोरु गाउँपालिका ६ पुरुमसरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही , ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षिया कुसुम ढोलीको मृत्यु भएको सोरु गाउँपालिका जिमा गाउँका कर्णजित बुमिले बताए ।

मुगु जिल्ला स्थित पुरुमसरु ,जिमा , भिई , नार्थपू , सिप , ख्यालच , बुम्च , लगायत गाउँका सर्वसाधारण भाइ,ल ज्वरोले पिडित भएका छन् ।जिल्ला अस्पताल गमगडीमा विरामीले भरिएका छन् । गाउँ भरि विरामी छन् । तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उहाँले गुनासो गर्नु भयो । विपन्न वर्ग उपचारको अवस्थामा छटपटाइ रहेका छन् । स्वास्थ्य चौकीमा सिटामोल समेत नपाइने अवस्था रहेको बुमिले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सक सहितको टोलीबाट सोरु गाउँपालिका पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बडीको स्वास्थ्य परिक्षण गरिएको छ ।

जिल्ला अस्पतालका कमल ढुङ्गानाले चिसोका कारण बिरामी वढेका बताउँदै भाइरल फिबर नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए ।

उनले तान्तार पसिना आउने , टाउँको दुख्ने , मांसपेसी दुख्ने , खानामा अरुचि हुने , कमजोर महसुुस हुने भाइरल फिबरका लक्षण देखिएको बताए ।

साताकाे चर्चित
सम्बन्धित