अनुभव आदान प्रदान तथा समीक्षा कार्यक्रम सम्पन्न
अनुभव आदान प्रदान तथा समीक्षा कार्यक्रम सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • ७ फाल्गुन २०८०, सोमबार

 काठमाडौँ

अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँले सञ्चालन गरेको अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सम्बन्धी परियोजना समाप्ति पछि हिजो फागुन ६ गते काठमाडौँमा सो परियोजनाको गतिविधिहरूका विषयमा अनुभव आदान प्रदान तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको विषयमा जानकारी गराउँदै तीनका प्रभावहरूका विषयमा कार्यक्रम सहायक यावेश अधिकारीले प्रस्तुतीकरण गर्नु भयो । यस कार्यक्रममा समग्र परियोजनाको सिकाई उपलब्धि समेटी तयार गरिएको श्रव्य दृश्य सामाग्री पनि प्रस्तुत गरिएको थियो ।
यस अनुभव आदान प्रदान कार्यक्रममा निर्वाचन आयोग नेपालका महान्यायाधिवक्ता टेकराज भुसालले सम्मानजनक रूपमा सबैले बाँच्न पाउनु पर्ने यसका लागि अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि राजनीतिक अधिकार सुनिश्चित हुने पर्ने भनिन निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिहरूका लागि निर्वाचन स्थल अपाङ्गता मैत्री बनाइने गरेको, निर्वाचन सम्बन्धीका शैक्षिक सामाग्रीहरू पनि अपाङ्गता अनुकूल बनाउने प्रयास गरिएको बताउनु भयो । साथै उहाँले सबैले संविधानमा भएका व्यवस्थाहरूलाई सबैले व्यवहारमा प्रयोग गर्नु पर्ने भन्दै बन्दै गरेको निर्वाचन सम्बन्धी ऐनमा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू छुटाउन नहुने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले सबै अधिकारकर्मीहरूले अपाङ्गता अभियानलाई कायमै राख्नु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि चेतना स्तरलाई बढाउँदै आफ्नो तर्फबाट सरकार, सांसद र सरोकारवालालाई जोडने प्रयास गर्ने बताउनु भयो ।

त्यसै गरी नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पदम परियारले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार प्रवर्धनका लागि सबैले एक जुट भएर सहयोग गर्नु पर्ने, स्थानीय तह देखि नै राज्यका विभिन्न संयन्त्रहरूमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि काम गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि सबै अपाङ्गता भएका व्यक्तिहरू सबै राजनीतिक दलहरूमा आबद्ध हुनु पर्ने र अपाङ्गताका एजेन्डालाई निरन्तर रूपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमको सहिजकरण गर्दै आयोजक संस्थाका महासचिव गणेश के.सी.ले यस परियोजना अनुसार अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारका लागि विभिन्न राजनीतिक दलहरू, निर्वाचन आयोग लगायतका सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गरेको र यस परियोजना प्रभावकारी रहेको पनि जानकारी गराउनु भयो ।

त्यसै गरी आयोजक संस्थाका अध्यक्ष टेक बहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सम्बन्धी वकालत तथा पैरवी गर्न यो परियोजना सफल भएको भन्दै राजनीतिक अधिकार प्राप्तिको लागि राजनीतिक सहभागिता हुन जरुरी रहेको बताउनु भयो । यसै क्रममा उहाँले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि काम गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरू, राजनीतिक दलका निकायहरू तथा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने उहाँहरूले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार प्राप्तिको लागि एक जुट भएर वकालत तथा पैरवी गर्ने बताउनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित