पुर्वराजा ज्ञानेन्द्र शाहदेवलाई हेर्नको लागि जुम्लि वासीको घुइँचो
पुर्वराजा ज्ञानेन्द्र शाहदेवलाई हेर्नको लागि जुम्लि वासीको घुइँचो
    • उमेश बुढा

    • २४ चैत्र २०८०, शनिबार

 जुम्ला ।

नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधन गर्न पुर्वराजा ज्ञानेन्द्र शाह शनिबार जुम्ला पुगेका हुन ।

परमपुर्खा देखि शाह सन्तानले चलाएको देशमा गणतन्त्र स्थापना भए पछि राजा हटाइएको थियो । फेरि वर्तमानमा राजा देशमा फेरि आउन आवश्यक छ , भन्दै राजालाई हेर्ने नागरिकको ठुलो घुइँचो लागेको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीले चलाएको देशमा विकास हुन सकेन आज देश कता जाँदैछ , राष्ट्र राष्ट्रियता हाम्रो महत्त्वको विषय हो । देश कता जाँदैछ पत्तो छैन , देश अर्काको निर्भतामा बाँच्नु पर्ने र युवाहरु विदेसिनु पर्ने रहेको राजा शाहले नागरिक अभिनन्दन कार्यक्रममा बोल्नु भएको हो ।  जुम्लामा अर्गानिक मार्सि धान फलाउने खेतियोग्य जमिन भएकाले जुम्लामा अन्य वस्तु उत्पादनको महत्त्वपूर्ण जुम्ला देखिन्छ ।

पुर्वराजा आउने कार्यक्रममा जुम्लि नागरिकको कमी हुने त्रसाले बजारको साँघुरो गल्लीमा कार्यक्रम गरेको हुनाले नागरिकले सास्ती खेप्नु परेको थियो ।

जिल्ला प्रशासन जुम्लाको निर्णय अनुसार कुनै पनि राजनीति गतिविधिका कार्यक्रमहरु नगर्ने गरि निशेधित क्षेत्र घोषणा गरिएको तर राजा आउने कार्यक्रम नागरिक अभिनन्दन कार्यक्रम हो । भनेर बजार क्षेत्रमा अनुमति विना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

बजार क्षेत्रमा कार्यक्रम नगरौं भन्दा नमानेर सांसद ज्ञानेन्द्र शाहीले नै पुर्ण व्यवस्थापन गर्छौ  भनेर बजार क्षेत्रमै गर्नुभयो । खुल्ला मञ्चतिर कार्यक्रम गरौँ , आउने नागरिकलाई सहज पनि हुन्छ । तर नमानेरै कार्यक्रम गर्दा नागरिकले सास्ती नै खेप्नु परेको पनि धिमिरेले बताए ।

कार्यक्रम भने जुम्ला बजारको प्रशासन कार्यालयको अगाडि गरिएको थियो । पुर्वराजालाई हेर्ने जुम्लि नागरिकहरुको बाग्लो घुइँचो रहेको थियो ।

राजा आउने भए पछि कार्यक्रम स्थल वरपरको ठाउँमा शुरक्षा कर्मीको कडारुपमा शुरक्षा खटाएको थियो । कार्यक्रम भएको ठाउँ नजिकैका घरघरको छतमा पनि शुरक्षा कर्मी लागिरहेका थियो ।

राजालाई प्रत्क्षरुपमा बोलेको र नदेखेको जुम्लि नागरिकले देरै वर्ष भए पछि यो पटक जुम्लामै पुर्वराजा पुगे पछि हेर्नहरुको निकै भिडभाड थियो । तर नागरिकलाई बसाइको व्यवस्थापन नहुँदा धेरै जसो नागरिकले राजाको अनुहार देख्न पाएका थिएनन् ।

साउण्ड सिस्टम पनि व्यवस्थित नहुँदा बाहिर नागरिकको होहल्ला गरेको आवाज मात्र सुनिएको थियो । पुर्वराजाले बोलेको आवाज पटकै बाहिर सुनिएका थिएनन् ।

जुम्ला पुगेका पुर्वराजाले के बोल्नु भयो , कस्तो भाषण गर्नु भयो जुम्लाका लागि के बोले कार्यक्रममा उपस्थिति भएका नागरिकले बुझ्न वा सुनसकेका थिएनन् ।

साताकाे चर्चित
सम्बन्धित