राष्ट्रियसभा : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह   
         राष्ट्रियसभा : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह   
    • Bell Sanchar

    • २८ बैशाख २०८१, शुक्रबार

काठमाडौँ,

राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गर्नुभएको छ ।

सभाको बर्खे अधिवेशन तथा १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फबाट मन्तव्य राख्दै नेता दाहालले आगलागीबाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन पनि आग्रह गर्नुभयो ।

फरक सन्दर्भमा उहाँले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटलाई समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो छ भन्ने नाममा रोक्न आवश्यक नभएको धारणा राख्नुभयो । नेता दाहालले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित