काठमाडौँ ।
दाङको लमहीमा भ्रमणबाट फर्किँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
लमही नगरपालिका–९ स्थित शिव खोला नजिकै पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान भे १ ख ३१३० नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो।
दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार लुम्बिनी भ्रमण सकेर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो। बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।