काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
आइतबार बिहान काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आकस्मिक बैठक बोलाइएको हो
प्रधानमन्त्री प्रचण्डले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारकार्यमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थल प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।