काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।
सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री नियुक्त भएकी थिइन् ।