एसीसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको युएईले सातौं विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिएका हुन् ।
उनले युएईका आयान खानलाई आउट गरे । यो लामिछानेले लिएको दोस्रो विकेट हो । हालसम्म नेपालका लागि करण केसी र लामिछानेले दुई/दुई र सोमपाल कामी, ललित राजवंशी र गुल्सन झाले एक/एक विकेट लिएका छन् ।
घरेलु टोली नेपाल दर्शक र घरेलु मैदानको फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यमा छ। यूएई पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने योजनामा छ।
शनिवार भएको खेलमा नेपाल कुवेतलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।