बालकृष्ण खाँण पक्राउ
बालकृष्ण खाँण पक्राउ
    • Bell Sanchar

    • २७ बैशाख २०८०, बुधबार

बाठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई बुधवार बिहान चाबहिलको मैजुबहालस्थित उनकै निवासबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बेल संचारलाई जानकारी दिए । भुटानी शरणार्थी प्रकरणमा  अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ ।

प्रकरणलाई सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ ।

यसमा जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र राई पनि पक्राउ परेका छन् ।

प्रकणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् । गत बुधवार पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।

 

साताकाे चर्चित
सम्बन्धित