संसद बैठक असोज ४ गतेसम्म स्थगित
संसद बैठक असोज ४ गतेसम्म स्थगित

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

    • बेल संचार

    • २९ भाद्र २०७८, मंगलवार

२९ भदौ, काठमाडौं

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित