जनताको नासो अब फिर्ता लिने समय आयो
जनताको नासो अब फिर्ता लिने समय आयो

आज नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोरी गर्न लागेको समाचार प्रति गम्भीर विश्व हिन्दु महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

    • Bell Sanchar

    • ८ आश्विन २०७८, शुक्रबार

कठमाडौँ,

आज नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोरी गर्न लागेको समाचार प्रति गम्भीर विश्व हिन्दु महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली जनताको आस्था र बिश्वासकाे प्रतीक श्रीपेचको संरक्षण गर्न अब नेपाल सरकार असमर्थ देखिएको महासंघकी महासचिव अस्मीता भण्डारीले बताउनुभएको छ । ‘श्रीपेचमाथिको संरक्षण राजसंस्थाले मात्रै गर्न सक्दछ । श्रीपेचको हकदार भनेको राजसंस्था मात्रै हो’ महासचिव भण्डारीको भनाइ छ ।

‘हाम्रो देशको राष्ट्रिय एकता, अखण्डता र सम्प्रभुताको प्रतीक, वैदिक सनातन धर्म, हिन्दु संस्कार संस्कृति , पूर्विय दर्शन र सभ्यताको निधिका रुपमा हामीले श्रीपेचलाई मान्दछौ’ महासचिवको भनाई छ । राजाबाट जनताको नासो केही समय नेपाल सरकारलाई संरक्षणका लागि दिईएकोमा अब फिर्ता लिनुपर्ने टट्कारो आबश्यकता देखिएको जनाइएको छ ।

अत : जनताको नासो फिर्ता लिइ मुलुकलाई संरक्षकत्व प्रदान गर्नका निम्ति महाराधिराज सरकार स्वयम् तत्पर हुनु आबश्यक देखियो, उनको भनाई छ । साथै नेपाल सरकारले पनि श्रीपेचको संरक्षण गर्न सक्दैन भने तत्काल महाराजाधिराजलाई फिर्ता गर्नका लागि आग्रह गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित