म्याक्सवेलको अर्धशतकमा बैंगलोरले राजस्थानलाई हरायो
म्याक्सवेलको अर्धशतकमा बैंगलोरले राजस्थानलाई हरायो
    • Bell Sanchar

    • १४ आश्विन २०७८, बिहीबार

 

ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ ।दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित ५० रन बनाए । चौका प्रहार गर्दै जित दिलाएका ए बी डे भिलियर्स चार रनमा अविजित रहे ।यस्तै श्रीकर भारतले ४४, कप्तान विराट कोहलीले २५ र देबदत्त पडिक्कलले २२ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
राजस्थानका लागि ओपनर एभिन लेविसले ३७ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै अर्का ओपनर यशस्भी जैसवालले ३१ र कप्तान सन्जु सामसनले १९ रन बनाए ।पहिलो विकेटका लागि लेविस र जैसवालले ७७ रनको साझेदारी गरेका थिए । यी दुई क्रिजमा हुँदा राजस्थानले ठूलो स्कोर बनाउने अपेक्षा गरिएको थियो तर १०० रन हुँदा लेविस पनि आउट भएपछि राजस्थानले लगातार विकेट गुमायो । राजस्थानले ४९ रन जोड्न ८ विकेट गुमाएको हो ।बैंगलोरका लागि हर्शल पटेलले तीन तथा युजभेन्द्र चाहाल र शाहबाज अहमेदले २-२ विकेट लिए ।जितपछि बैगलोर ११ खेलबाट १४ अंक जोड्दै तेस्रो स्थानमा छ । राजस्थान समान खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

साताकाे चर्चित
सम्बन्धित