जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

जुम्ला । ४६ हजार ६४२ जनाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् ।
पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो संख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । उहाँका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको संख्या १९ हजार ८४७ रहेका छन् । २७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताए ।

खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ । दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ । दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ । यसले कोरोना फैलाउने देखिन्छ । भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित