जनकपुरका प्रवेश मल्लिकको बलिउडमा शान
जनकपुरका प्रवेश मल्लिकको बलिउडमा शान
    • Bell Sanchar

    • ३० आश्विन २०७८, शनिबार

काठमाडौँ । नेपाली कलाकारको सपना हुने गर्छ बलिउड र हलिउड। किनकि त्यहाँ सिर्जना हुने सामग्रीले ठूलो बजार पाउने गर्छ। बजार मात्र नभनौँ एक सर्जकको सिर्जनाले धेरैको साथ पाउने गर्छ। त्यसैले गर्दा पनि कलाका सर्जकको सपना त्यसतर्फ आकर्षित हुने गर्छ। त्यसो त केही वर्ष अगाडिसम्म पनि नेपालबाट बलिउड जाने सपना धेरैको हुन्थ्यो। त्यहाँ नेपालीमुलका उदित नारायण झा, मनिषा कोइरालालगायत स्थापित भइसकेका थिए। त्यसैले गर्दा पनि त्यहाँ पुग्ने सपना हेर्दा क्षमताले पूरा गर्न सक्ने सामर्थ्य थियो, हाम्रा कलाकारलाई केही वर्ष अगाडि यस्तै सपना देखेका थिए, प्रवेश मल्लिकले।जनकपुरमा जन्मिएका प्रवेश सांगीतिक माहोलमै हुर्किए। उनले संगीतलाई सानैदेखि शिक्षासँगै ग्रहण गरे । सानैदेखि संगीतमा लगाव भए पनि प्रवेशले बाध्यताले अर्कै पेसामा गए । तर, अन्ततः उनले संगीतमै सफलता हात पारे। पछिल्लो समय उनले नेपाली फिल्म ‘संरक्षण’ र ‘फाटेको जुत्ता’मा आफ्नो संगीत र स्वर दिइसकेका छन्। यतिबेला आईएम सरी बोलको गीत चर्चामा छ, जसलाई प्रवेशले तयार पारेका हुन्। उनी बलिउडमा संघर्ष गरिरहेका छन्।उनले जय गंगाजल र बरेलीकी बर्फी फिल्ममा काम गरिसकेका छन् भने अब छिटै नै करण जोहरको धारमा प्रोडक्सनको एक फिल्मलाई उनलाई कम्पोजरको रूपमा सुन्न पाइनेछ भने मिल्यो भने भोकल पनि। तर, प्रवेशलाई बलिउडमा इन्ट्री गर्न त्यति सहज भने थिएन । उनले धेरै संघर्ष गरेका छन् । हामीसँग उनै प्रवेशले संघर्षको कथा खुलाएका छन्।                                                    संगीतमा लगाव   मेरो परिवार नै संगीतमा भएकोले गर्दा म सांगीतिक माहोलमै हुर्किंए । मेरो अभिभावक मैथली गीतसंगीतमा हुनुहुन्थ्यो । सायद त्यसैको प्रभाव हुन सक्छ । मैले पनि संगीतलाई नै जीवन बनाउने सोच बनाउन थालेँ । मैले उच्च शिक्षा हासिल गर्दैगर्दा एक नेपाली र मैथली भाषाकै दुई एल्बम पनि ल्याएँ । मुटुभरि माया, छौडा तोहरा बज्जर खस्थो र गीत घरघर के एल्बम ल्याएँ । मैथली गीतलाई त जनकपुर लगायतका स्थानमा रुचाइयो । तर, म्युजिक नेपालमार्फत ल्याएको मुटुभरि माया भने ओझेलमै पर्‍यो। त्यसपछि म अध्ययनकै सिलसिला दिल्ली गएँ । मध्यम परिवारको भएकोले गर्दा मैले म्युजिकलाई नै करियर बनाउने अवस्था त थिएन । तर, अरु काम गरे पनि म्युजिक भने छाड्न सकिन।                                                                  दिल्लीको बसाइ र संघर्ष   सुरुवाती दिनमा रहर हुँदाहुँदै पनि मैले संगीतलाई शिक्षाको रूपमा लिन सकिन । मैले प्राविधिक शिक्षालाई परिवारको आग्रहमा अगाडि बढाएँ । तर, अन्ततः जे मनमा थियो त्यो त कहाँ जान्थ्यो र । मैले दिल्ली युनिभर्सिटीबाट संगीतमा मास्टर्स गरेँ । मैले पढ्नु त संगीत नै थियो, अन्य पढाइ त म घरको लागि पढ्दै थिएँ । सायद यसैले गर्दा होला यसमै संघर्ष गरेँ, अनि यसमै रमाएँ ।      मुम्बई यात्रा   संगीत सिक्दासिक्दै मैले केही काम पनि गरेँ । संगीत सिकाउँथे भने जिंगलहरु पनि बनाउथेँ । विवाहपछि मैले संगीतलाई निरन्तरता शिक्षकको रूपमा लिएँ । किनकी म केहि पारिवारिक दायित्वमा अल्झीए भने संगीतलाई सिकाउने तरिकाले निरन्तरता दिन थालेँ । कम्पोज नगरेको होइन, तर त्यसको कुनै अर्थ थिएन । सायद मैले आफ्नो उद्देश्य नै भुलिसकेको थिएँ । तर मेरो श्रीमतीले त्यसलाई भुलिनन् । उनैले मेरो राजीनामा लेखेर म शिक्षक रहेको स्कुललाई पठाइन् र मलाई दिल्लीबाट मुम्बई ल्याइन् । मैले पनि ५ वर्षको जागिर छाडेर मुम्बई गएँ।       बलिउडसँग सम्पर्क     मुम्बई त पुगेँ, तर म एक्लो थिएँ । सन् २०१३ मा त्यहाँ पुगेको थिएँ । मेरो एक भाइको रिलेटिभ सन्तोष मण्डल थिए । उनी प्रकाश झाले निर्देशन गर्ने फिल्ममा सम्पादकको रूपमा कम गर्छन । उनले धेरै फिल्ममा सम्पादनको काम गरेका छन् । उनलाई एक पार्टीमा भेटेपछि मेरोबारेमा भाइले कुरा गरे । त्यति बेलात उहाँले केही भन्नु भएन । तर, जब प्रकाश झा प्रोडक्सनबाट जय गंगाजल बन्ने भयो, तब मलाइ बोलाउनु भयो।

साताकाे चर्चित
सम्बन्धित