सबै विकास बैंकको ब्याज बढ्यो, मुद्दतिको ब्याजदर ११% नजिक
सबै विकास बैंकको ब्याज बढ्यो, मुद्दतिको ब्याजदर ११% नजिक
    • Bell Sanchar

    • १ कार्तिक २०७८, सोमबार
सबै विकास बैंकको ब्याज बढ्यो, मुद्दतिको ब्याजदर ११% नजिक

काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंकहरु सबैले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत नजिक पुर्याएका छन् ।

राष्ट्रियस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढीमा १०.६१ प्रतिशत पुर्याएका हुन् ।

मुक्तिनाथ विकास बैंकले हिजै राति आज(कात्तिक १)देखि लागू हुने ब्याजदर सार्वजनिक गरेको थियो भने अन्य बैंकहरुले आज नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

राष्ट्रियस्तरका विकास बैंकमध्ये कुन बैंकको ब्याजदर कति आयो, हेरौं:

गरिमा विकास बैंक

गरिमा विकास बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेप खाताको ब्याजदर समान १०.६१ प्रतिशत कायम गरेको छ ।

बचत खाताको ब्याजदर अधिकतम ५.६१ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला बैंकले पनि तीन महिने वा सोभन्दा बढी अवधिको व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर १०.६१ प्रतिशत कायम गरेको छ । तीन महिने वा सोभन्दा बढी अवधिको रेमिटान्स मुद्दति खाताको ब्याजदर भने ११.६१ प्रतिशत कायम गरिएको छ ।

यो बैंकले पनि बचतमा ५.६१ प्रतिशतसम्मको ब्याजदर दिनेछ ।

 

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.११ प्रतिशत, ६ देखि १ वर्ष वा सोभन्दा बढीको अवधिको मुद्दति निक्षेपको ब्याजदर पनि १०.११ प्रतिशत नै कायम गरेको छ ।

संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिने अवधिको ब्याजदर  १०.११ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको ब्याजदर १०.६१ प्रतिशत र १ वर्ष वा सोभन्दा बढी अवधिको ब्याजदर पनि १०.६१ प्रतिशत कायम गरिएको छ ।

यो बैंकले रेमिटान्स फिक्स्ड डिपोजिटको ब्याज ११ प्रतिशत पुर्याएको छ ।

कामना सेवाले बचतमा अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ ।

 

ज्योति विकास बैंक
ज्योति विकास बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपमा समान १०.६१ प्रतिशत ब्याजदर दिनेछ । बचतमा यो बैंकले अधिकतम ६ प्रतिशत ब्याज दिनेछ ।

 

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले ३ महिनादेखि ९ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत र ९ महिनादेखि माथि अवधिको ब्याजदर १०.६१ प्रतिशत कायम गरेको छ ।

संस्थागत मुद्दति निक्षेपतर्फ पनि सोही दर कायम गरिएको छ ।

यो बैंकले बचतमा अधिकतम ६.१० प्रतिशत ब्याज दिनेछ ।

 

साइन रेसुंगा डेभलपमेन्ट बैंक
यो बैंकले तीन महिने वा सोभन्दा बढी अवधिको व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर बढाएर १०.६१ प्रतिशत कायम गरेको छ । बचतको अधिकतम ब्याजदर ६.६१ प्रतिशत कायम गरिएको छ ।


 

साताकाे चर्चित
सम्बन्धित