२० हजार करोडमा थपिए आईपीएलको दुई नयाँ टिम
२० हजार करोडमा थपिए आईपीएलको दुई नयाँ टिम
    • Bell Sanchar

    • ९ कार्तिक २०७८, मंगलवार

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ईण्डियन प्रिमियर लिगको आगामी संस्करणका लागि दुई नयाँ फ्रेन्चाईज टोलिको घोषणा गरेको छ ।

बीसीसीआईले सोमबार बेलुकी आईपीएलको नयाँ दु्ई टोलिको घोषणा गरेको हो ।

आरपी संजीव गोयङ्का ग्रुपले लखनउको टिम खरिद गरेको हो । ग्रुपले लखनउको टिम खरिद गर्न बीसीसीआईलाई ७ हजार ९० करोड अथार्त करिब साढे ११ हजार करोड नेपाली रुपैयाँ खर्चिएको छ ।यस्तै सिभिसी क्यापिटलले हअमदाबादको टिम खरिल गरेको छ । यसका निम्ति सिभिसीले ५ हजार २ सय करोड अर्थात ८ हजार करोड नेपाली रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

बीसीसीआईले आईपीएलका लागि स्विकेत गरेको दुई टिम बेच्दा १२ हजार करोड अर्थात करिब २० हजार करोड नेपाली रुपैयाँको कमाई गरेको छ ।बीसीसीआईले आईपीएलमा दुर्इं टिम थप गर्ने घोषणा गरिसकेपछि भारतका २२ उच्च कर्पाेरेट समूहहरुले ईच्छा देखाएका थिए ।सटम खरिद गर्नका निम्ति अडाणी समूह,ईङ्गलिश प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाईटेडका मालिक ग्लेजर परिवार,टोरेन्ट फार्मा,ह्रिन्दुस्तान टाईम्स मिडिया ग्रुप,पूर्वमन्त्री नविन जिन्दालको जिन्दाल स्टिल लगायतका समूहहरु टिम खरिदमा सहभागि भएका थिए ।अब २०२२ मा हुने १५औं संस्करणको आईपीएलमा लखनउ र अहमदाबादसहित १० टिमको सहभागिता रहनेछ ।

 

 

 

 

 

 

 

बीसीसीआईले २००७ बाट आईपीएलको शुरुवात गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित