दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन
दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन
    • Bell Sanchar

    • ९ कार्तिक २०७८, मंगलवार

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मंगलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन र मंगललबार निधन भएको हो ।

पूर्व सेना प्रमुख समेत रहेका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए ।
उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकार्नु पनि भएको थियो । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता हुन् । उनको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो ।

साताकाे चर्चित
सम्बन्धित