टुरिनलाई हराउँदै लिगकाे शीर्ष स्थानमा फर्कियाे एसी मिलान, अपराजित यात्रा कायमै
टुरिनलाई हराउँदै लिगकाे शीर्ष स्थानमा फर्कियाे एसी मिलान, अपराजित यात्रा कायमै
    • Bell Sanchar

    • १० कार्तिक २०७८, बुधबार

काठमाडौं। टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगकाे शीर्ष स्थानमा फर्किएको छ । मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो।

 

 

घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन्।जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ ।
दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ ।मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा छ। मंगलबार राति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २-१ गोल अन्तरले पराजित गरेकाे छ । स्पेजिया र जिनोयाले १-१ गोलको बराबरी खेले ।

साताकाे चर्चित
सम्बन्धित