प्रधानन्यायाधीश जबराले तोके पेशी, आफ्नो इजलासमा ३० थान मुद्दा
प्रधानन्यायाधीश जबराले तोके पेशी, आफ्नो इजलासमा ३० थान मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफ्नो एकल इजलास तोकेका छन् ।

    • Bell Sanchar

    • ११ कार्तिक २०७८, बिहीबार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफ्नो एकल इजलास तोकेका छन् ।

बिहीवार तोकिएको पेशीमा बृहत् पूर्ण इजलास, संयुक्त इजलास साथै जबराले पनि आफ्नो एकल इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका छन् ।

विविध, उत्प्रेषण, लागुऔषध खैरो हेरोइन, उत्प्रेषण परमादेश लगायतका मुद्दा उनले आफ्नो इजलासमा राखेका हुन् ।

सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आन्दोलित भइरहेका बेला जबराले बुधवार पनि आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेर सुनुवाइ गरेका थिए ।

त्यसै गरी न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मासहितको बृहत् पूर्ण इजलास तोकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित