राज–शिल्पाले ५० करोडको मुद्दा हालेपछि शर्लिन चोपडाले उल्टै ७५ करोडको मुद्दा हालिदिइन्
राज–शिल्पाले ५० करोडको मुद्दा हालेपछि शर्लिन चोपडाले उल्टै ७५ करोडको मुद्दा हालिदिइन्
    • Bell Sanchar

    • ११ कार्तिक २०७८, बिहीबार

काठमाडौं। बलिउड अभिनेत्री शर्लिन चोपडाले बुधबार राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध आफूले पठाएको जवाफी नोटिसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् । शर्लिनका अनुसार राज र शिल्पाले पहिले उनलाई अण्डरवर्ल्डको धम्की दिएका थिए त्यसपछि मानहानीको नोटिस पठाएका थिए । शर्निनले राज–शिल्पालाई जवाफी नोटिस पठाएर मानसिक प्रताडनाको लागि ७५ करोड रुपैयाँ मागेकी छिन् ।

उनले मुम्बइ पुलिसलाई आफ्नो बयान रेकर्ड गर्न आग्रह गरेकी छिन् ताकि उनको उजुरीमाथि कारवाही गर्न सकियोस् । शर्लिनले १४ अक्टोबरमा जुहु पुलिसलाई दिएको उजुरीमा आफूले राज कुन्द्राले जेएल स्ट्रिम कम्पनीको लागि ३ भिडियो सुट गरेको तर आफूलाई पहिले सहमति भएअनुसार पैसा नदिइएको बताएकी थिइन् । उनले राजमाथि अंग प्रदर्शन गराएवछि कलाकारलाई पैसा नदिने गरेको आरोप लगाएकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित