सुजिता बस्नेतले जितिन् मिस युनिभर्सको उपाधि
सुजिता बस्नेतले जितिन् मिस युनिभर्सको उपाधि
    • Bell Sanchar

    • १४ कार्तिक २०७८, आईतवार

मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा. केशु खड्का घोषित भए ।

साताकाे चर्चित
सम्बन्धित