राष्ट्रिय वाणिज्य बैंकमा ८१४ कर्मचारीको लागी जागिरको अवसर
राष्ट्रिय वाणिज्य बैंकमा ८१४ कर्मचारीको लागी जागिरको अवसर

राष्ट्रिय वाणिज्य बैंकमा ८१४ कर्मचारीको लागी जागिरको अवसर

    • Bell Sanchar

    • १४ कार्तिक २०७८, आईतवार

काठमाडौं

राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन्बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।

वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।राष्ट्रिय वाणिज्य बैङ्क, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैङ्क हो। यसको स्थापना रा.वा.बैङ्क ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते तदअनुसार जनवरी २३, १९६६ मा भएको हो । यस बैङ्कले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैङ्किङ्ग सेवा पुर्याउँदै आएको छ।

साताकाे चर्चित
सम्बन्धित