सूर्यभित्रको हँसिया हथौडा गायब ! एमाले महाधिवेशनमा
सूर्यभित्रको हँसिया हथौडा गायब ! एमाले महाधिवेशनमा
    • Bell Sanchar

    • २६ कार्तिक २०७८, शुक्रबार

नेकपा एमालेको लोगोमा सूर्यभित्रको हँसिया हथौडा हटाइएको छ । नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गर्ने क्रममा विना हँसिया हथौडाको सूर्य चिन्ह सार्वजनिक गरिएको हो ।

विधान महाधिवेशनले सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।

यस्तै तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रतीक चिन्ह सार्वजनिक गरे । त्यसमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ ।

साताकाे चर्चित
सम्बन्धित