५० जना पक्राउ, बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित लाई
५० जना पक्राउ, बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित लाई

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    • Bell Sanchar

    • २८ कार्तिक २०७८, आईतवार

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।

यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।

यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् । सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित