लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
    • Bell Sanchar

    • २८ कार्तिक २०७८, आईतवार

१. जापानबाट प्रदान गरिएको द अर्डर अफ राइजिङ सन् २०२१ पदक पाउने नेपाली को हुन् ?
 हिमालयशमशेर जबरा

२. हाल नेपालको कुल वैदेशिक ऋण (आ.व. २०७७÷७८ सम्म)मध्ये सबैभन्दा बढी कुन संस्थाको रहेको छ ?
 विश्व बैङ्क (५४ प्रतिशत)
– विश्व बैङ्क ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)को मात्रै ५०.४४ प्रतिशत रहेको ।
– कुल वैदेशिक ऋणमा दोस्रो, तेस्रो र चौथो ऋणदाताका रूपमा क्रमशः एडीबी (३१.३६ प्रतिशत), जापान (४.४१ प्रतिशत) र आईएमएफ (३.५१ प्रतिशत) रहेको ।
– कुल वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा ८७.८८ प्रतिशत रहेको । बाँकी १२.११ प्रतिशत दुईपक्षीय रहेको ।

३. वल्र्ड बुक अफ रेकर्डस्बाट सम्मानित हुने नेपाली को हुन् ?
 अभिषेकविक्रम शाह (चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक)
– (बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्द्वारा हस्पिटालिटी र पर्यटन क्षेत्रमा पु¥याएको योगदानका लागि सो सम्मान प्रदान गरिएको ।)

४. जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?
 सन् २०२१ अक्टोबर ३१–नोभेम्बर १२, ग्लास्गो, स्कटल्यान्ड
– बेलायतको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलनसँगै नोभेम्बर १ र २ मा वल्र्ड लिडर समिट आयोजना गरिएको ।
– कोप शिखर सम्मेलनमा जलवायुसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रहरूले सहभागिता जनाएका ।
– सन् १९९४ मा भएको सन्धिको नेपाल पनि एक पक्ष राष्ट्रका रूपमा रहेको ।
– जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २५औँ संस्करण सन् २०१९ मा स्पेनमा सम्पन्न भएको ।

५. जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?
 सन् २०४५

६. सन् २०२१ मा ग्लास्गोमा सम्पन्न जलवायुसम्बन्धी शिखर सम्मेलनमा विश्वका नेताहरूले कहिलेसम्ममा वन फँडानी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ?
 सन् २०३० (सन् २०२१ नोभेम्बर २ मा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ।)

७. मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?
 सुजिता बस्नेत
– उनले १० लाख नगदसहित हीराजडित ताज पहिरिन सफल भएकी ।
– उपाधि विजेता बस्नेतले सन् २०२१ डिसेम्बर १२ मा इजरायलमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने ।
– प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनर्सअप, रक्षा उप्रेती सेकेन्ड रनर्सअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनर्सअप र डा. केशु खड्का फोर्थ रनर्सअप घोषित भएका ।

८. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६) मा भाग लिने सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा कहिले लन्डन प्रस्थान गर्नुभएको थियो ?
 वि.सं. २०७८ कात्तिक १२

९. विश्वका आर्थिक रूपमा सम्पन्न २० ठूला देश सम्मिलित समूह जी–२० को सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
 सन् २०२१ अक्टोबर ३०–३१, रोम, इटाली
– सम्मेलनमा कोभिड–१९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामना गर्नका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरिएको ।
– जी–२० राष्ट्रहरूले ऊर्जा मूल्यसम्बन्धी मुद्दामा उत्पादक र उपभोक्ता राज्यबीचको घनिष्ठ समन्वयमा सहमति जनाएका ।
– ग्यास र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको भन्दै उत्पादक र उपभोक्ता राज्यबीच समन्वयको आवश्यकतामा
जोड दिइएको ।

१०. नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्ने अनुमति कहिले पाएको हो ?
 वि.सं. २०७८ कात्तिक १५ (सन् २०२१ नोभेम्बर १)
– पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित कुल ३९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)लाई बिक्री गर्न
अनुमति दिइएको ।
– विद्युत् निर्यातको सुरुवात थोरै परिमाणबाट भए पनि चाँडै नै माथिल्लो तामाकोसीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास गरिएको ।
– प्राधिकरणले २०७८ कात्तिक १७ गतेबाट ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गरेको ।
– कात्तिक १७ देखि भारत निर्यात गर्न थालिएको विद्युत्को औसत मूल्य प्रतियुनिट नेपाली चार रुपियाँ ३३ पैसा रहेको ।
– प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्ने ।
– नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको । प्राधिकरणले २०७८ वैशाख १७ बाट आवश्यक परेका बेला आईईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको ।
– निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको ।
– भारतीय ऊर्जा बजारमा विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक बनेको ।

११. नेपालको गर्विलो इतिहास बोकेका हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने पदमार्गलाई के नामकरण गरिएको छ ?
 एकीकरण पदमार्ग
– (दुई गढीलाई पदमार्गले जोड्ने योजना बनेपश्चात् ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय गतिविधि बढ्ने भएको ।)

१२. प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को नतिजा कहिले सार्वजनिक गरिएको हो ?
 वि.सं. २०७६ असार १६
– (सो गणनाको प्रारम्भिक प्रतिवेदन वि.सं. २०७५ भदौ २८ मा सार्वजनिक गरिएको थियो ।)

१३. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार गम्भीर कसुर भन्नाले के बुझिन्छ ?
 तीन वर्षभन्दा बढी दस वर्षसम्म कैद सजाय हुने कसुर

१४. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार जघन्य कसुर भन्नाले के बुझिन्छ ?
 जन्मकैद वा दस वर्षभन्दा बढी कैद सजाय हुने कसुर

१५. नेपालका लियोनार्दो दा भिन्ची भनी अरनिकोलाई चिनिन्छ भने नेपालका माइकल एञ्जेलो भनी कसलाई चिनिन्छ ?
 वेखाराज

१६. शिक्षा ऐन, २०२८ अनुसार सामुदायिक विद्यालय भन्नाले के बुझिन्छ ?
 नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय
– सो ऐनअनुसार संस्थागत विद्यालय भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान नपाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय बुझिने ।
– त्यस्तै विद्यालय शिक्षा भन्नाले आधारभूत र माध्यमिक शिक्षालाई बुझिने ।

१७. आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
 स्थानीय तह

१८. नेपालको संविधानअनुसार माध्यमिक तहको विद्यालय व्यवस्थापन गर्ने एकल अधिकार कुन तहलाई दिइएको छ ?
 स्थानीय तह

१९. राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना कहिले गरिएको हो ?
 वि.सं. २०७६ असार १८
– (सो केन्द्रले संवेदनशील सूचना तथा सञ्चार पूर्वाधारमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरासम्बन्धी सूचना, सरकारी वेबसाइट, वेब एप्लिकेसन तथा वेब सर्भिसेज माथि हुन सक्ने सुरक्षाको अनुगमन गरी पूर्वसूचना दिने काम गर्ने । साथै उक्त केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम नियन्त्रण हुने विश्वास गरिएको ।)

२०. सरकारले भानुभक्त प्राणी उद्यानको निर्माण कहाँ गर्न थालेको हो ?
 तनहुँ
– वि.सं. २०७३ फागुन ११ गतेको मन्त्रिपरिषद्को निर्णय र २०७४ वैशाख १८ गते राजपत्रमा प्रकाशित गरी राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा भानुभक्त प्राणी उद्यान निर्माण कार्य अघि बढाइएको ।
– व्यास नगरपालिका ११ र १२ तथा भानु नगरपालिकाका ५ र ६ वडालाई समेट्ने गरी उद्यान निर्माण गरिने ।
– उद्यानमा बालबालिकाको मनोरञ्जनात्मक चिल्ड्रेन पार्क, आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने ।
– हात्ती, गैँडा, बाघ, भालु, जिराफजस्ता जनावर देश तथा विदेशबाट ल्याएर सो प्राणी उद्यानमा छोडिने बताइएको ।

२१. उपत्यकाको चौडा सडकमा सवारीसाधनको गति मापनका लागि हालै प्रयोगमा ल्याइएको प्रविधि कुन हो ?
 लेजर स्पिड गन
– लेजर स्पिड गन राडारभन्दा अत्याधुनिक रहेको बताइएको ।
– लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य २०७६ जेठ २० बाट सुरु गरिएको ।

२२. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?
 सन् २०१८ मार्च २८

२३. नेपालमा पुतलीविज्ञ भनी कसलाई चिनिन्छ ?
 प्रा.डा. भैया खनाल
– खनालले बेलायती पुतलीविज्ञ कलिन पी स्मिथसँगको सहकार्यमा ‘बटरफ्लाइज अफ काठमाडौँ भ्याली’ नामक पुस्तक लेखेका ।
– उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय म्यागेजिन र पत्रपत्रिकामा पुतलीका बारेमा १५० भन्दा बढी लेख तथा अनुसन्धान रिपोर्ट
प्रकाशित गरेका ।
– पुतलीका बारेमा अध्ययन गर्ने सिलसिलामा देशका अधिकांश जिल्ला पुगेका खनाल यो क्षेत्रमा करिब चार दशकदेखि सरिक हुँदै आएका ।

२४. राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?
 बडाकाजी
– (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, बहिदार र नौसिन्दा रहेका ।)

प्रस्तुतकर्ता : टङ्क के.सी. गोरखापत्र

साताकाे चर्चित
सम्बन्धित