विश्व काेराेना अपडेट : मृत्यु हुनेकाे संख्या ५२ लाख नाघ्याे, एकैदिन ५ लाख ५० हजारमा संक्रमण
विश्व काेराेना अपडेट : मृत्यु हुनेकाे संख्या ५२ लाख नाघ्याे, एकैदिन ५ लाख ५० हजारमा संक्रमण
    • बेल संचार

    • ११ मंसिर २०७८, शनिबार

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको हो ।

निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ६ हजार १९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमाब कोरोना संक्रमणबाट ६ हजार १९० को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ५० हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २६ करोड ८ लाख ३४ हजार ४२९ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २३ करोड ५६ लाख ५४ हजार ७७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ५२ लाख ५ हजार ६०८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५१८ सयको ज्यान गएको छ । ७ हजार २८७ सय जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २० हजार ५२७ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ८ लाख १ हजार ७२२ जना संक्रमित निको भइसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित