जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो, २७ जना घाइते
जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो, २७ जना घाइते

नेपालगञ्जबाट रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिवजारका लागि हिडेको रात्री बस जाजरकोटको भेरी नगरपालिका १३ स्थित वराहचौर नजिकै दुर्घटना हुुदा ५ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।

    • Bell Sanchar

    • १२ मंसिर २०७८, आईतवार

जाजरकोट

नेपालगञ्जबाट रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिवजारका लागि हिडेको रात्री बस जाजरकोटको भेरी नगरपालिका १३ स्थित वराहचौर नजिकै दुर्घटना हुुदा ५ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।

नेपालगन्ज देखि रूकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डि एस पी  मधुकुमार थापाले जानकारी दिनुभयो  ।

डीएस्पी थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।

घटनाको थप विवरण आउँन बाँकी रहेको र घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुको सनाखत हुन बाकी रहेको छ घटनाका वारेमा थप विवरण आउन बाँकी छ ।

साताकाे चर्चित
सम्बन्धित