पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला
पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला
    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ । राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।

 

 

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,ु पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।

मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् ।

साताकाे चर्चित
सम्बन्धित