बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिस प्रभावित: राष्ट्रसंघ
बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिस प्रभावित: राष्ट्रसंघ
    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।

गत मे यता देशका करिब ८३५,००० मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।
प्रभावित भएका मध्ये ८० प्रतिशतभन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ ।
तेलको धनी राज्यको राजधानी बेन्टिउले छ दशकमा सबैभन्दा खराब बाढीको सामना यस पालि गरेको छ र राज्यका २००,००० भन्दा बढी मानिसहरू विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको आवश्यकता छ ।

 

कार्यालयका अनुसार, पछिल्लो ११ महिनामा दक्षिण सुडानमा मानवीय एजेन्सीहरूले ६१९,००० मानिसहरूलाई खानपानको व्यवस्था गरेका छन् र लगभग ४७७,००० मानिसहरूलाई आपतकालीन पानी, सरसफाइ र स्वच्छता राहत वितरण गरेका छन् भने २२७,००० मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

“आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान रिएकामा पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक अवस्था देखिएको छ यसले देशमा पहिले नै २० लाख मानिस आन्तरिक रुपमा विस्थापित रहेको उल्लेख गरेको छ।

साताकाे चर्चित
सम्बन्धित