बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो
बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो
    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ ।

रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निसाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताएका छन् । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । तर विपक्षी समूहबारे खुलाइएको छैन ।बेलायतको हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ । आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो हवाई कारबाही हो । इराक वा सिरियामा पनि बेलायतको हवाई फौजले पहिलो पटक नै हमला गरेको खबरमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित