सडक सुशासन कायम गर्न साताव्यापी सचेतनामूलक कार्यक्रम  
सडक सुशासन कायम गर्न साताव्यापी सचेतनामूलक कार्यक्रम  
    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

दैनिकजसो हुने सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक सुशासन कायम गराउन साताव्यापी सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

यही पुस ४ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चोकमा पाँच विद्यार्थी, दुई स्काउट स्वयंसेवक र दुई ट्राफिक प्रहरी राखेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औँल्याउनेलगायत काम गरिने प्रमुख जिल्ला अधिकारी सानुराम भट्टराईले बताउनुभयो । प्रत्येक चोकमा उनीहरुलाई यही सङ्ख्यामा परिचालन गरिने उहाँको भनाइ छ ।

कार्यक्रमा तेस्रो दिन स्थानीय तह, सरोकारवाला निकाय, सङ्घ संस्थासँग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अव्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कशप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री हटाइने उहाँले जानकारी दिनुभयो । पुस र माघमा बिहान बेलुका बाक्लो हुस्सु लाग्ने र सवारी सञ्चालनमा कठिनाइ हुने हुँदा सडक सुशासन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ ।

बिर्तामोडमा आयोजित समारोहको उद्घाटनअघि सचेतना ¥यालीसहित प्रभातफेरि गरिने छ भने सडक सुशासनसम्बन्धी अभिमुखीकरणसमेत हुनेछ । कार्यक्रममा जिल्लाभर रहेका विभिन्न सामाजिक सङ्घ–संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था कार्यालय मेची, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी सहभागी रहनेछन् ।

साताकाे चर्चित
सम्बन्धित