एमसीसी बन्यो सत्ता र समिकरण हल्लाउने अस्त्र
एमसीसी बन्यो सत्ता र समिकरण हल्लाउने अस्त्र

एमसीसीबारे नेपाली काँग्रेस सकारात्मक छ । एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आतुर छन् ।

    • Bell Sanchar

    • ४ पुष २०७८, आईतवार

अमेरिकी सहयोगसम्बन्धी एमसीसी अब वार कि पार हुने भएको छ । एमसीसीबारे चाँड नै निर्णय लिने गरी दलहरुबीच कुराकानी बढेबाट त्यस्तो देखिएको हो ।

एमसीसीबारे नेपाली काँग्रेस सकारात्मक छ । एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आतुर छन् । उनले काँग्रेस सभापतिको निर्वाचन पनि जितेका छन् । अब उनको ध्यान एमसीसीमा गएको देखिन्छ ।

एमसीसीप्रति सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सकारात्मक छैनन् । अब कि एमसीसी अलमलमा राख्नुपर्ने हुन्छ कि त सत्ता गठबन्धनभित्र पारित गर्ने सहमति हुनुपर्छ । एमसीसी पारित गर्ने या नगर्नेबारे सत्ता गठबन्धनभित्र सहमति ननिस्किए नयाँ घटना विकास हुनसक्छ । यो भनेको गठबन्धन भत्कने नै हो ।

नेकपा एमाले एमसीसीबारे सत्ता गठबन्धनको धारणा मागिरहेको छ । गठबन्धनभित्र एमसीसीबारे विवाद भएर पारित नहुने भएमा काँग्रेससँग एमाले गठबन्धनका लागि तयार भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस महाधिवेशनको उदघाटनमा बोल्दै एमाले एक्लै हिंड्ने पक्षमा नरहेको बोलिसकेका छन् । उनी गठबन्धनका माओवादी र नेकपा एस तयार नभए एमसीसीको पक्षमा बढ्न सक्छन् ।

एमसीसी सत्ता र समिकरण हल्लाउने अस्त्र बनेको छ । एमसीसीबारे काँग्रेस कि पछि हट्नुपर्छ कि उसले गठबन्धनका माओवादी र एसलाई मनाउनुपर्छ । सबै मानेमा राजनीति सामान्य ढंगले बढ्न सक्छ । तर, काँग्रेस पारित गर्ने पक्षमा अडिग रहेमा र अरु नगर्ने पक्षमा अडिग रहेमा वार कि पारमा जानसक्छ । त्यतिबेला सत्ता गठबन्धन भत्कन सक्छ ।

अब एमसीसी सत्ता र समिकरण हल्लाउने मुख्य अस्त्र बनेको छ । यसले राजनीतिमा ठूलै खलबल ल्याउन सक्छ । एमसीसी पारित गर्न गठबन्धनभित्र असहमतिका बाबजुद काँग्रेस बढेमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका कस्तो हुने भन्ने चासो बढिसकेको छ । एमसीसीले धेरै उथलपुथल ल्याउने छाँट देखिइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित