महाधिवेशनलाई अपमान गर्न खोजियो , मलाई दुःख लागेको छ – प्रचण्ड
महाधिवेशनलाई अपमान गर्न खोजियो , मलाई दुःख लागेको छ – प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ नेतृत्व चयन प्रजातान्त्रिक र जनवादी विधिबाट भएको दावी गरेका छन् ।

    • Bell Sanchar

    • २० पुष २०७८, मंगलवार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ नेतृत्व चयन प्रजातान्त्रिक र जनवादी विधिबाट भएको दावी गरेका छन् । मिडियामा प्रकाशित विभिन्न टिका टिप्पणीले महाधिवेशनको अपमान गरेको उनको गुनासो छ ।

बुधबार केन्द्रीय कमिटीको पहिलेा बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनमा लोकतान्त्रिक र जनवादी विधि अपनाएको बताए ।

बुर्जुवा अराजक बाटोमा जाने खतरालाई रोकेको र एक व्यक्तिको चल्ने पनि नभएको भन्दै उनले भने, ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गर्‍यो । प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गर्‍यो ।’ प्रचण्डले अघि भने, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।

साताकाे चर्चित
सम्बन्धित