पनौतिको ऐतिहासिक १२ वर्षे मकर मेला नरोकिने, स्वास्थ्य प्रोटोकलभित्रै रहेर सञ्चालन गर्ने तयारी
पनौतिको ऐतिहासिक १२ वर्षे मकर मेला नरोकिने, स्वास्थ्य प्रोटोकलभित्रै रहेर सञ्चालन गर्ने तयारी
    • Bell Sanchar

    • २८ पुष २०७८, बुधबार

काभ्रे । पछिल्लो समय बढेको कोरोना कहरका कारण काभ्रेको ऐतिहासिक सहर पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेला प्रभावित भएको छ ।

काभ्रेको पनौतीको त्रिवेणी घाटामा १२ वर्षमा मकर स्नान मेला लाग्ने गर्दछ । तर यो वर्ष कोरोनाले गर्दा मकर मेला प्रभावित हुने भएको छ । यसअघि कोरोनाका कारण मकर मेला स्थगित हुने समाचार आएकोमा काभ्रेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भने मेला स्थगित नहुने प्रष्ट पार्नुभएको छ । भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै मकर स्नान गर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो । । मेला व्यवस्थापनका लागि ५० सैनिक, १०० सशस्त्र प्रहरी, ४०० जना स्वयंसेवक, र १०० जनपथ प्रहरी परिचालन हुने उहाँले बताउनुभयो ।

उहाँले नेपाल सरकारले २५ भन्दा बढी भेला नगर्न दिएको निर्देशनको पालना गरेर मेला सञ्चालन गरिने दाबी गर्नुभयो । पनौती छिर्ने नाकामा स्वास्थ्य परीक्षण गरेर तीर्थयात्रीलाई त्रिवेणीमा स्नानको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । पनौतीको त्रिवेणीमा क्षेत्र ठूलो भएकोले २५/२५ जनालाई दुई मिटरको दूरीमा एकपटकमा २०० जनाले नुहाउन सक्ने व्यवस्था मिलाइने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित